Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

  • बुधवार, बैशाख १९ २०८१

  • 589
    SHARES

  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
    काठमाडौं । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर श्रमिक दिवस मनाइँदैछ । 
     
    सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो। 
     
    विश्वका मजदुरले यो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्। नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन्। नेपालमा विराटनगरमा २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिने गरिन्छ।
     
    यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदैछ ।


    बुधवार, बैशाख १९ २०८१०६:४२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij