Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

गुल्मीमा सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ

गुल्मीमा सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ

  • मंगलवार, बैशाख १८ २०८१

  • 1.6K
    SHARES

  • गुल्मीमा सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ

    काठमाडौं। आगो लगाएको आरोपमा गुुल्मीमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा ७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् ।

    डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई स्थानीय सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा पक्राउ गरिएको हो । आरोपी दुवै जनाले वनमा आफूहरुले आगो लगाएको स्विकारिसकेको कार्यालयको भनाइ छ ।

    डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरका अनुसार उनीहरुलाई नेटा बजारबाट वैशाख १७ पक्राउ गरिएको थियो । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ ।

    हाल गुल्मीका १२ स्थानीय ८० सामुदायिक वनमा आगो लागेको छ । आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।


    मंगलवार, बैशाख १८ २०८१०१:४५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij