Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

इलाम–२ मा सुरु भयो मतगणना, बझाङमा पनि सुरु हुदै

इलाम–२ मा सुरु भयो मतगणना, बझाङमा पनि सुरु हुदै

  • आइतवार, बैशाख १६ २०८१

  • 900
    SHARES

  • इलाम–२ मा सुरु भयो मतगणना, बझाङमा पनि सुरु हुदै

    काठमाडौं। प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ ।

    सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो ।

    फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो ।

    मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

    इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो ।इलाम–२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    उता, उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

    मतपेटिका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो । शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।


    आइतवार, बैशाख १६ २०८१०१:०७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij