काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमलप्रसाद ढकाललाई पितृशोक परेको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्वअध्यक्ष, खगोल ओभरसिज सर्भिस प्रा.लि.का सञ्चालक तथा नेपाली कांग्रेसका महसमिति सदस्यसमेत रहेका ढकालका पिता रामप्रसाद ढकालको निधन भएको हो ।
ढकालको ८१ वर्षको उमेरमा शनिबार काठमडौंको ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्व. ढकालको शनिबार साँझ साढे सात बजे पशुपतिमा अन्तिम संस्कार हुने भएको छ । पाल्पामा रहँदा समाजसेवामा पनि सक्रिय रहेका स्व. ढकाल तत्कालीन गाउँखर्क राष्ट्रिय अभियान पाल्पाका अध्यक्षसमेत रहनुभएको थियो ।
रूपन्देहीको तिलोत्तमामा बस्दै आएका स्व. ढकाल दमको दीर्घ रोगी रहेको परिवारिक स्रोतले जनाएको छ । स्व. ढकालका श्रीमती, चार छोरी र चार छोरा रहेका छन् ।