Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सडक विभागका पूर्वसुपरिटेन्डेन्ट यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सडक विभागका पूर्वसुपरिटेन्डेन्ट यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • सोमवार, आषाढ २२ २०७७

  • 644
    SHARES

  • सडक विभागका पूर्वसुपरिटेन्डेन्ट यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्र नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले सोमबार यादवले पदमा रहँदा एक करोड ८५ लाख ११ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो । २०३६ साल मंसिरमा सरकारी सेवा प्रवेश गरेका यादव २०७४ फागुनमा अवसका पाएका थिए ।

    उनले सरकारी सेवामा रहँदा दुई करोड ८७ लाख ८६ हजार चारस सय ६८ रुपैयाँ आर्जन गरे गरेको पाइए पनि वैध आम्दानी जम्मा एक करोड दुई लाख ७४ हजार सात सय ३९ मात्र पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

    उनले सेवामा रहँदा वैध आम्दानी भन्दा एक करोड ८५ लाख ११ हजार बढी स्रोत खुल्न नआएको पाइएको अभियोग पत्रमा उल्लेख गरिएको छ ।


    सोमवार, आषाढ २२ २०७७०८:०३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij