Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नेपालमा वायु प्रदुषण बढ्दै,काठमाडौं विश्वकै प्रदुषित शहर,मानव स्वास्थ्य अति जोखिममा, न्यूनीकरणमा सजगताको आवश्यकता (खासखबर)

नेपालमा वायु प्रदुषण बढ्दै,काठमाडौं विश्वकै प्रदुषित शहर,मानव स्वास्थ्य अति जोखिममा, न्यूनीकरणमा सजगताको आवश्यकता (खासखबर)

  • शनिवार, बैशाख १५ २०८१

  • 706
    SHARES

  • नेपालमा वायु प्रदुषण बढ्दै,काठमाडौं विश्वकै प्रदुषित शहर,मानव स्वास्थ्य अति जोखिममा, न्यूनीकरणमा सजगताको आवश्यकता (खासखबर)

    काठमाडौं। वायुमण्डल हाम्रो पर्यावरणको एउटा महत्वपूर्ण अंग हो। वायु बिना हामी केही मिनेटमात्र जिबित रहन सक्छौं। जिवनका लागि नभई नहुने वायु नै प्रदुषित भयो भने त्यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ।

    पछिल्लो समय नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ। काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहर बन्यो। भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ।

    वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो।बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको थियो । यसलाई अस्वस्थ मानिन्छ।

    काठमाडौं हिजो पनि प्रदुषीत शहरको पहिलो नम्बरमा रहेको थियो  विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ।

    वातावरणविद डा कृष्ण वहादुर भुजेल वायु प्रदुषण स्वास्थ्यका लागि अत्यन्तै हानिकारक भएको बताउनुहुन्छ । सुख्खायामसँगै लागेको डढेलोले विकराल रुप लिएको र वन डढेलो वायु प्रदुषणको मुख्य कारक तत्व भएको उहाँको तर्क छ।

    कुनैपनि हानिकारक रसायनिक, भौतिक वा जैविक तत्व वायुमण्डलमा मिसिएर त्यसलाई खराब तुल्याउनु नै वायु प्रदूषण हो। वायु प्रदूषणका कारण मानिसलाई मात्र नभएर अन्य जीवजन्तुहरु साथै पर्यावरणमा समेत असर पुगिरहेको छ ।

    वायु प्रदूषण दुई प्रकारको हुन्छ। घरभित्रको वायु प्रदूषण र घर बाहिरको वायु प्रदूषण। धुलो ,कलकारखानाबाट निस्कने धुवाँ, धुँवा निकाल्ने साधनहरु, वनजंगलको डढेलो आदि वायु प्रर्दुषणका मुख्य कारण हुन् ।

    वायु प्रदुषणले हामीलाई जनस्वास्थ्यमा तत्कालीन र दिर्घकालिन असर हुने डा समिर कुमार अधिकारीको भनाई छ । वायु प्रदुषणले फोक्सोको समस्या, आँखा, छाला, मानसिक समस्या निम्त्याउने र नसर्ने रोगको बढोत्तरी गर्ने कारणहरु मध्ये प्रमुख कारणमा वायु प्रदुषण रहेको डा अधिकारीको भनाई छ ।

    वायु प्रदूषण नियन्त्रण गर्ने उपायहरु अपनाउनु अत्यावश्यक छ। धुम्रपान नगर्ने, धुँवा रहित चुल्लोको प्रयोग गर्ने, धुँवा निकाल्ने सवारी साधानहरुको सट्टा धुँवा ननिकाल्ने साधनहरु प्रयोगमा ल्याउने,कारखानाहरु शहरी क्षेत्र तथा आवास क्षेत्रहरु भन्दा टाढा निर्माण गर्ने,वन विनाश रोकि वृक्ष रोपण गर्ने,घरबाहिर निस्किदा मास्क प्रयोग गर्ने यि उपायहरु अपनाउन डा अधिकारीको सुझाव छ ।

    वातावरण प्रदुषणले सबै पक्षलाई असर गर्छ। जसकारण हामी सबै मिलेर बढ्दो वायु प्रदुषणलाई न्यूनीकरण गर्नेतर्फ ठोस योजना र प्रतिबद्धासहित अगाडि बढ्ने बेला आएको छ।

    त्यसैले पर्यावरण प्रदूषित गराउने सबैखाले ग्यास तथा अन्य तत्वको न्यूनीकरण एवं नियन्त्रण कार्यमा हामी आफैँ पनि सक्रिय सहभागी भएर अरूलाई पनि अभिप्रेरित गर्ने वेला आएको छ। नत्र भने वायु प्रदुषणको असरले विकराल रुप नलेला भन्न सकिदैन ।


    शनिवार, बैशाख १५ २०८१०८:२४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij