Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कोरियन भाषा परीक्षा पास गरेकालाई रोस्टर परिवर्तन गर्न पाउने अवसर

कोरियन भाषा परीक्षा पास गरेकालाई रोस्टर परिवर्तन गर्न पाउने अवसर

  • शुक्रवार, बैशाख १४ २०८१

  • 883
    SHARES

  • कोरियन भाषा परीक्षा पास गरेकालाई रोस्टर परिवर्तन गर्न पाउने अवसर

    काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेकाहरूले रोस्टर परिवर्तन गर्न पाउने भएका छन् ।

    कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरू ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न पाउने भएका हुन् ।

    ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै एचआरडी सर्भिसबाट प्राप्त पत्र अनुसार २०२४ डिसेम्बर ३१ सम्म रोस्टर अवधि रहेकाहरूले कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक क्षेत्रबाट सर्भिस सेक्टरका परिवर्तन गर्न पाउने भएको जनाएको छ । यसका लागि २०८१ वैशाख १४ गतेदेखि १८ गतेभित्र आवेदन दिनुपर्ने शाखाले जनाएको छ ।

    शाखाका अनुसार वेबसाइटमा राखिएको फारम भरेर आवेदकले राहदानीसहित आवश्यक कागजातहरू eps.sectorchange@gmail.com  पठाउनुपर्ने छ ।

    eps-notice 1.jpgeps-notice 2.jpg


    शुक्रवार, बैशाख १४ २०८१०५:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij