Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आयो

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आयो

  • बिहिवार, बैशाख १३ २०८१

  • 316
    SHARES

  • महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आयो

    काठमार्डा) । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ । तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे आगलागी भएको थियो । बेलुका अबेर आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका छन् । घटनासम्बन्धी विस्तृत विवरण आजसम्म मात्रै थाहा पाउन सकिने उहाँको भनाइ छ । घरबारविहिन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले तत्काल त्रिपाललगायतका राहत सामग्री प्रदान गरेको छ ।

    आगलागीबाट पाँच खसीबाख्रा र दुई सुँगुर समेत मरेका प्रहरीले जनाएको छ । बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो ।


    बिहिवार, बैशाख १३ २०८१०६:५१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij