Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नुरगंगा गुठीद्वारा पुरस्कार पाउने चार जनाको नामावली घोषणा

नुरगंगा गुठीद्वारा पुरस्कार पाउने चार जनाको नामावली घोषणा

  • बुधवार, बैशाख १२ २०८१

  • 976
    SHARES

  • नुरगंगा गुठीद्वारा पुरस्कार पाउने चार जनाको नामावली घोषणा
    काठमाडौं । नुरगंगा प्रतिभा पुरस्कार गुठीले चार विधामा २०७९ सालको पुरस्कारहरूको घोषणा गरेको छ । गुठीले आफ्नो सबैभन्दा ठूलो पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ।
     
    गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार १ लाख नगद राशि सहितको राष्ट्रिय लोकगायन पुरस्कार लमजुंगका परियारलाई प्रदान गर्ने निर्णय भएको छ।
     
    गुठीले ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, २५ हजार राशिको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोईना दाहाललाई  र २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाँचीका कुशल बेलबासेलाई प्रदान गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
     
    सबै पुरस्कार आगामी जेठ ११ गते प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहका साथ प्रदान गरिने गुठीले जनाएको छ।
     
    पाल्पामा जन्मेर काठमाडौंमा बस्ने गर्नु भएका प्रसिद्ध उद्यमी तथा साहित्यानुरागी नुरप्रताप जबरा र उहाँकी धर्मपत्नी तथा गायिका गङ्गा राणाले स्थापना गर्नु भएको गुठीले हरेक वर्ष कला साहित्यको क्षेत्रमा योगदान गरेका व्यक्तिहरूलाई प्रोत्साहन तथा सम्मान स्वरूप पुरस्कार प्रदान गर्दै आएको छ।
     
    पुरस्कार गुठीको संरक्षक उहाँहरूका सुपुत्र अमिर प्रताप जबरा हुनुहुन्छ भने गोविन्द नेपाल अध्यक्ष हुनुहुन्छ। लोकप्रिय नेपाली जुत्ता 'गोल्ड स्टार' स्वर्गीय जबराले नै उत्पादन थाल्नुभएको थियो।


    बुधवार, बैशाख १२ २०८१०६:३४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij