Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कतारका राजा थानीको स्वागतद्वारमा राखिएका कुमारीका तस्बिर सरकारले नै हटाउन लगाएको पुष्टि

कतारका राजा थानीको स्वागतद्वारमा राखिएका कुमारीका तस्बिर सरकारले नै हटाउन लगाएको पुष्टि

  • बुधवार, बैशाख १२ २०८१

  • 1.4K
    SHARES

  • कतारका राजा थानीको स्वागतद्वारमा राखिएका कुमारीका तस्बिर सरकारले नै हटाउन लगाएको पुष्टि

    काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतद्वारमा राखिएका कुमारीका तस्बिर सरकारले नै हटाउन लगाएको खुलेको छ ।

    परराष्ट्र मन्त्रालयले ती स्वागतद्वार बनाउने एनआरएनए नेता राजेन्द्र कुमार शर्मा (आरके शर्मा) लाई तत्कालै कुमारीका तस्बिर छोप्ने निर्देशन दिएको हो ।

    नेपालमा कुमारीलाई ‘जीवित देवी’ का रूपमा पूजा गर्ने गरिन्छ । कुमारीले विदेशी राष्ट्रप्रमुखलाई अभिवादन गरिरहेको तस्बिरप्रति विशेषतः नेवार सम्प्रदायबाट विरोध भएको थियो । भगवानकै रूपमा सम्मान गरेर सबैले ढोग्ने कुमारीले एक विदेशी नागरिकलाई ढोगेको देखाइएकोमा आपत्ति जनाइएको हो ।

    परराष्ट्र मन्त्रालयमा समेत यो विषयमा उजुरी पुगेको बुझिएको छ । त्यसपछि मन्त्रालयका एक उपसचिवले ती स्वागतद्वार बनाउन लगाउने एनआरएनए नेता आरके शर्मालाई फोन गरेका थिए ।

    परराष्ट्रबाट निर्देशन आएपछि हिजो राति नै शर्माले आफ्ना कर्मचारीहरू लगाएर कुमारीको तस्बिर मेट्न लगाएका थिए ।


    बुधवार, बैशाख १२ २०८१०१:४६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij