Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आज वैशाख १२ गते, विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा

आज वैशाख १२ गते, विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा

  • बुधवार, बैशाख १२ २०८१

  • 859
    SHARES

  • आज वैशाख १२ गते, विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा

    काठमाडौं । आज वैशाख १२ गते अर्थात विनाशकारी भूकम्प गएको दिन । आज भुकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो।

    मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। २२ हजार भन्दा घाइते भए। पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए। दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो ।

    भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो। भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो।

    यो भूकम्पका करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको थियो। गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भविभागको बुधबार बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।

     


    बुधवार, बैशाख १२ २०८१०७:००:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij