Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सन्दीपको मुद्दा आज हेर्न नभ्याइनेमा

सन्दीपको मुद्दा आज हेर्न नभ्याइनेमा

  • सोमवार, बैशाख १० २०८१

  • 740
    SHARES

  • सन्दीपको मुद्दा आज हेर्न नभ्याइनेमा

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आजका लागी तोकिएको सुनवाइ स्थगित भएको छ। न्यायाधीशले मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखेका छन्।

    सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो। ८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन्। मुद्दाको अर्को पेसी आजै तोकिनेछ।

    यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो। ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो।

    सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी–२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुनेछ।


    सोमवार, बैशाख १० २०८१०५:२९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij