काठमाडौं । चितवन र मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१०, त्रिनेत्र पेट्रोल पम्पनजिक शनिबार ना २१ प ४१५८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकछेउको डिभाइडरमा ठोक्किएको थियो ।
मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका–७ बस्ने २२ वर्षीय देवनारायण चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उता मकवानपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङ बस्ने ५५ वर्षीय भीमबहादुर बिडारी छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।