काठमाडौं। काठमाडौं महानगरको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको बेला दमकल दुर्घटनामा परेको हो।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक(डीएसपी) भुवनेश्वर साहले आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको जानकारि दिनुभयो।
दुर्घटनामा तीनजना सशस्त्र प्रहरी र तीनजना नगर प्रहरी घाइते भएको उहाँले जानकारी दिनुभयो। घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको र अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ।