Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, सचिव मरासिनीसहित ८ जनालाई सफाइ

नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, सचिव मरासिनीसहित ८ जनालाई सफाइ

  • शुक्रवार, बैशाख ७ २०८१

  • 391
    SHARES

  • नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, सचिव मरासिनीसहित ८ जनालाई सफाइ
    काठमाडौं । नेशनल पेमेन्ट खरिद प्रकरणमा सचिव मधुकुमार मरासिनीले सफाइ पाएका छन् । मरासिनी अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा पेमेन्ट गेटवे खरिदका लागि बजेट विनियोजन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाएको थियो ।
     
    तर, विशेष अदालतले अख्तियारको दाबीलाई अस्वीकार गर्दै सचिव मरासिनीलाई सफाइ दिएको हो । अख्तियारले गत असोज १९ गते मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेपछि वाणिज्य सचिव रहेका मरासिनी निलम्बनमा परेका थिए । 
     
    विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन प्रमुख सुनिल पौडेललाई मात्र दोषी ठहर गरेको छ । सचिव मरासिनीसहित आठ जनाले सफाइ पाएका छन् । सजाय निर्धारणका लागि २५ वैशाखमा पेशी तोकिएको छ । 
     
    उक्त प्रकरणमा अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको अभियोग लगाएको थियो ।


    शुक्रवार, बैशाख ७ २०८१०७:३०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij