Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

विमानस्थलबाट फेरि पनि सुन बरामद,विदेशी महिला पक्राउ

विमानस्थलबाट फेरि पनि सुन बरामद,विदेशी महिला पक्राउ

  • शुक्रवार, बैशाख ७ २०८१

  • 845
    SHARES

  • विमानस्थलबाट फेरि पनि सुन बरामद,विदेशी महिला पक्राउ

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले फेरी पनि सुन बरामद गरेको छ। विमानस्थल प्रहरीले चेकजाँचका क्रममा विदेशी महिलाको साथबाट करिब ८५० ग्राम सुन बरामद गरेको हो।

    प्रहरीका अनुसार भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको हो।

    विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माकाअनुसार अन्डरवेयरभित्र लुकाएर सुन ल्याएको अवस्थामा उनलाई आगमन टनेल गेटबाटै पक्राउ गरिएको हो।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको शर्माले बताउनुभयो। प्रहरीले यसअघि बुधवार पनि विमानस्थलबाट बेवारिसे अवस्थामा सुन बरामद भएको थियो।


    शुक्रवार, बैशाख ७ २०८१०४:५७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij