Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • शुक्रवार, बैशाख ७ २०८१

  • 566
    SHARES

  • सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। यस्तै ५२ जना घाइते भएका छन् ।

    दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो।

    दुर्घटनामा मृत्यु हुनेमध्य तीन जनामध्ये दुई जनाको मात्रै परिचय खुलेको छ । मृत्यु हुनेमा दोलखाको भिमेश्वर–१ का १७ वर्षका शिव श्रेष्ठ र ७० वर्षका मानबहादुर थामी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिनुभयो । अर्का एक जना परिचय नखुलेका अन्दाजी १८र१९ वर्षका युवक रहेका छन् ।

    बेहुलासहित घाइते भएका धेरैको घटनास्थलमै प्राथमिक उपचार भैरहेको छ । केहीलाई सिन्धु सदावहार अस्पताल पठाएको प्रहरीले जनाएको छ ।


    शुक्रवार, बैशाख ७ २०८११०:०७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij