Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

  • बिहिवार, बैशाख ६ २०८१

  • 4.4K
    SHARES

  • यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

    काठमाडौं । युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । 

    यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ ।

    यूएईमा दुई दिनदेखि परेको भारी वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको छ । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले बताएको छ । पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।


    बिहिवार, बैशाख ६ २०८१०५:२०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij