Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

एन्फाका उपाध्यक्ष दावा लामा रिहा

एन्फाका उपाध्यक्ष दावा लामा रिहा

  • बिहिवार, बैशाख ६ २०८१

  • 450
    SHARES

  • एन्फाका उपाध्यक्ष दावा लामा रिहा

    काठमाडौं । बुधबार मात्र पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन् ।

    दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिहा गरिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो । तर, मुलुकी फौजदारी कार्यविधि समिता २०७४ को दफा १३७ बमोजिम उनलाई सर्वोच्च अदालतले सुविधा दिने आदेश गरेको थियो।

    सर्वोच्चको आदेश अनुसार फैसला कार्यान्वयनतर्फ केही गरिरहनु नपर्ने जिल्ला अदालत काठमाडौंले जनाएको छ। लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

    २०६१ साल साउन ८ गते काठमाडौंको वनस्थलीबाट ५ ग्राम खैरो हिरोइनसहित दावा लामा पक्राउ परेका थिए ।

     


    बिहिवार, बैशाख ६ २०८१०२:१३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij