Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

विराटनगरमा तनाब, प्रहरीले गर्‍यो हवाई फायर

विराटनगरमा तनाब, प्रहरीले गर्‍यो हवाई फायर

  • बुधवार, बैशाख ५ २०८१

  • 4.0K
    SHARES

  • विराटनगरमा तनाब, प्रहरीले गर्‍यो हवाई फायर

    काठमाडौं। विराटनगरको रानि क्षेत्रमा धार्मिक तनाब उत्पन्न भएको छ। रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले निकालेको धार्मिक र्‍यालीका क्रममा दुई समुहबिच विवाद भएपछी झडपकै स्थिति सृजना भएके हो।

    विराटनगर महानगरपालिका–१५ का युवाले बृहत् मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेपछि अर्को समूहले अवरोध गर्न खोज्दा विवाद भएपछी उत्पन्न झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फाएर समेत गरेको छ ।

    सडक अवरोध हुन खोजेपछि प्रहरीले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको बताएको छ। विराटनगर–१५ र १७ सिमानामा दुई समूहबीच झडपको अवस्था आएपछि प्रहरीले हवाई फायर गरेको थियो।

    अहिले अवस्था थप बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


    बुधवार, बैशाख ५ २०८१०५:४२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij