Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

रहेनन् साहित्यकार प्रकट पंगेनी

रहेनन् साहित्यकार प्रकट पंगेनी

  • मंगलवार, बैशाख ४ २०८१

  • 643
    SHARES

  • रहेनन् साहित्यकार प्रकट पंगेनी

    काठमाडौं । साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा साहित्यकार पंगेनीको ७० वर्षको उमेरमा मङ्गलवार दिउँसो निधन भएको हो ।

    निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उहाँ सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । भेन्टिलेटरमा उपचार गराइराख्नुभएका उहाँको मङ्गलवार दिउँसो निधन भएको हो ।

    पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उहाँका प्रकाशित कृतिहरू हुन् ।


    मंगलवार, बैशाख ४ २०८१०५:००:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij