Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

‘अनसंग हिरोज २०२४’ अवार्डबाट नेपाल अमेरिकी उद्यमी प्रकाश थापा सम्मानित

‘अनसंग हिरोज २०२४’ अवार्डबाट नेपाल अमेरिकी उद्यमी प्रकाश थापा सम्मानित

  • मंगलवार, बैशाख ४ २०८१

  • 1.0K
    SHARES

  • ‘अनसंग हिरोज २०२४’ अवार्डबाट नेपाल अमेरिकी उद्यमी प्रकाश थापा सम्मानित

    काठमाडौं । नेपाल अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा ‘अनसंग हिरोज २०२४’ अवार्डबाट सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्ला सभा सदस्य एलेक्स लीले थापालाई सम्मान गरेका हुन् ।

    थापालाई नेपाली र अमेरिकाका विभिन्न शहरका किशोरीहरुको लागि आत्मरक्षात्मक मार्शल आर्ट प्रशिक्षण मार्फत सशक्तिकरणमा योगदान पुर्याएबापत क्यालिफोर्नियामा सम्मान प्रदान गरिएको हो ।

    गैरनाफामुखी संस्था एक्शन फर नेसन्सका अध्यक्ष र संस्थापक समेत रहेका थापाले संस्थामार्फत भारत र नेपालका सडक मानव तथा पशुहरुलाई व्यवस्थापन तथा आश्रय प्रदान गर्दै आएका छन् ।

    त्यस्तै उनले नेपालमा उत्पादित अर्गानिक खाद्य बस्तुहरु तथा हस्तकलाका सामग्रीहरु अमेरिकाका विभिन्न शहरहरुमा निर्यात गरी नेपाली उद्यमशिलतालाई उत्प्रेरित गर्दै आएका छन् ।


    मंगलवार, बैशाख ४ २०८११०:४१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij