Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको मुद्धामा पहिलो दिनको सुनुवाइ सकियो, यस्तो छ आदेश

सन्दीप लामिछानेको मुद्धामा पहिलो दिनको सुनुवाइ सकियो, यस्तो छ आदेश

  • सोमवार, बैशाख ३ २०८१

  • 2.7K
    SHARES

  • सन्दीप लामिछानेको मुद्धामा पहिलो दिनको सुनुवाइ सकियो, यस्तो छ आदेश

    काठमाडौं । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा पहिलो दिनको सुनुवाइ सकिएको छ ।

    न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलले केही वकिलको बहस सुने पनि मुद्दालाई हेर्दाहेर्दैमा राख्नुभएन । दुई जना सरकारी वकिल र सन्दीपको तर्फबाट एक जनाले आज बहस गर्नुभएको थियो ।

    गौशाला २६ ले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न आदेश भएको छ । साथै २०७५–९–१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ ।

    आदेशमा लेखिएको छ, ‘‘गौशाला २६ ले जन्ममिति २०६२–०२–१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९–०३–१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनि जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति नियमानुसार पेश गर्नु होला ।’

     


    सोमवार, बैशाख ३ २०८१०६:२५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij