Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

‘ब्रेक थ्रु’ भयो नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग

‘ब्रेक थ्रु’ भयो नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग

  • सोमवार, बैशाख ३ २०८१

  • 654
    SHARES

  • ‘ब्रेक थ्रु’ भयो नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग

    काठमाडौं।  नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिएको छ। आज एक कार्यक्रमकाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ लगायतको उपस्थितिमा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिएको हो ।

    आज सुरुङभित्रै आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभएको छ। सुरुङ प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ ।

    मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छिचोलिएको थियो।मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एकवर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो।

    करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो। मुख्य सुरुङ २.६८८ किलोमिटरको हुनेछ। आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ। मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो।

    आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन्।यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ। मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ।


    सोमवार, बैशाख ३ २०८१०३:४२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij