काठमाडौं। अछाममा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ। मेल्लेख गाउँपालिका ६ षोडशामा छानामा आगलागी हुँदा स्थानिय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको हो ।
आज बिहान ९ः५५ बजे खरले छाएको छानामा अचानक सल्केको आगोमा परी बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिनुभयो।
घटनाबारे अनुसन्धानका लागि मेल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर खड्काको नेतृत्वमा टोली खटिएको छ ।