Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान

निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान

  • सोमवार, बैशाख ३ २०८१

  • 1.1K
    SHARES

  • निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान

    काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो ।

    २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गर्नुभएको थियो । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् ।

    २०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।


    सोमवार, बैशाख ३ २०८१०२:०७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij