Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, केही भूभागमा हावाहुरीसँगै वर्षाको सम्भावना

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, केही भूभागमा हावाहुरीसँगै वर्षाको सम्भावना

  • सोमवार, बैशाख ३ २०८१

  • 705
    SHARES

  • आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, केही भूभागमा हावाहुरीसँगै वर्षाको सम्भावना
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
     
    महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
     
    गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।
     
    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
     
    लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यान्ह पछि हावाहुरीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    आज राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
     
    कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
     
    कोशी, गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    सोमवार, बैशाख ३ २०८१०६:२९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij