Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु, नियमितबाहेकका ७ लाख १३ हजारलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु, नियमितबाहेकका ७ लाख १३ हजारलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य

  • आइतवार, बैशाख २ २०८१

  • 664
    SHARES

  • आजदेखि विद्यार्थी भर्ना अभियान शुरु, नियमितबाहेकका ७ लाख १३ हजारलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य

    काठमाडौं । आज आइतवारदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो ।

    अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् ।

    अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ । विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान केन्द्रित हुनेछ ।

    अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानका लागि सहजीकरण कार्ययोजना तयार पारेको छ ।

     


    आइतवार, बैशाख २ २०८११०:४२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij