Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

पत्रकार जीवन भण्डारी पत्रकार महासंघ काठमाडौंद्वारा पुरस्कृत

पत्रकार जीवन भण्डारी पत्रकार महासंघ काठमाडौंद्वारा पुरस्कृत

  • शुक्रवार, चैत्र ३० २०८०

  • 1.8K
    SHARES

  • पत्रकार जीवन भण्डारी पत्रकार महासंघ काठमाडौंद्वारा पुरस्कृत

    काठमाडौं। नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीलाई नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले पुरस्कृत गरेको छ।

    शाखाका साधारण सदस्य समेत रहनुभएका भण्डारीलाई लामो समयदेखि पत्रकारितामा निरन्तर क्रियाशील भएकाले उत्प्रेरणा स्वरुप सम्मान गरिएको शाखाका सचिव महेश गौतमले जानकारी दिनुभयो।

    उहाँलाई शाखाका सदस्य स्वर्गिय नेत्रप्रसाद हमालको स्मृतिमा स्थापना गरिएको पुरस्कार शाखाको १२औँ साधारण सभाका अवसरमा प्रदान गरिएको हो।

    उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघका जिल्ला अध्यक्ष सूर्य सुवेदीले पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो।

    करिव २३ बर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय भण्डारीले यसअघि राष्ट्रिय समाचार समिति, नेपालवाणी नेटवर्क, नेपाल एफएम नेटवर्क, आँधिखोला एफएम, बुटवल एफएम, देउराली दैनिक, जनचेतना साप्ताहिक, देउराली साप्ताहिक लगायतमा काम गर्नुभएको थियो।

    नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भण्डारी अनलाइन टिभी पत्रकार संघका अध्यक्ष हुनुहुन्छ भने पछिल्लो समय इन्टरनेट माध्यमलाई व्यवस्थीत र जिम्मेवार बनाउनु पर्ने पक्षमा पैरवी गर्दै आउनु भएको छ।

    पत्रकार भण्डारीले पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गर्नु भएको छ भने पत्रकारिताको प्राध्यापनसँगै विभिन्न विषयमा अध्ययन, अनुसन्धान पनि गर्दै आउनु भएको छ। कार्यक्रममा अन्य केही पत्रकारहरुलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।


    शुक्रवार, चैत्र ३० २०८००५:१०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij