काठमाडौं । काठमाडौं उपत्यकामा बढेको वायु प्रदुषण केहिकम भएको छ । हिजो दिउँसो परेको पानीका कारण वायु प्रदुषण कम भएको हो ।
हिजो उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा भएको छ ।
बाग्मती, कोशी र गण्डकीका अरु ठाउँमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा दिउँसोपख हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा पनि फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।