काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य सुजन घिमिरेले तरुण दलको भवन निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि केन्द्रीय सदस्य घिमिरेले नगद रकम सहयोग गरेका हुन् ।
धादिङ ज्वालामुखीको माटोमा जन्मिएका घिमिरे लामो समय नेपाल विद्यार्थी संघमा क्रियाशील थिए । घिमिरे नेपाली कांग्रेस पार्टी र तरुण दलका प्रभावशाली युवा नेता हुन् । काठमाडौंमा व्यवसाय गरिरहेका घिमिरेले तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङलाई एक कार्यक्रमका बीच मंगलबार सहयोग रका हस्तान्तरण गरेका हुन् । बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका घिमिरे राजनीति र व्यवसायमा सक्रिय रहेका छन्। युवा बर्गका ढुकढुकी र प्रेरणाका श्रोत बनेका उनि सामाजिक सेवाको कार्यमा समेत जुटिरहेका छन् ।
नेपाल तरुण दलको चैतको १५ र १६ गते बसेको केन्द्रीय समिती बैठकले आफ्नै कार्यालय भवन बनाउने निर्णय गरेको थियो । जसअनुसार तरुण दलले भवन निर्माणका लागि सहयोग उठाउन थालेको होे ।