Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

‘सशक्त पत्रकारिता अवार्ड’ दिलीप पौडेललाई

‘सशक्त पत्रकारिता अवार्ड’ दिलीप पौडेललाई

  • बुधवार, चैत्र २८ २०८०

  • 2.3K
    SHARES

  • ‘सशक्त पत्रकारिता अवार्ड’  दिलीप पौडेललाई

    काठमाडौं। विकृती विसंगी विरुद्धका खोजमुलक र प्रभावशाली समाचार लेख्दै आउनु भएका नागरिक दैनिकको आर्थिक व्युरो प्रमुख दिलीप पौडेललाई सशक्त पत्रकारिता अवार्ड प्रदान गरिएको छ। बागलुङबाट पत्रकारिता सुरु गरेका पौडेलसँग रेडियो, टेलिभिजन, अनलाइनमा काम गरेको अनुभव छ। उहाँले अनियमितता, भ्रष्टाचार लगायतका क्षेत्रम खोज अनुसन्धान गर्दै शसक्त पत्रकारिता गर्दै आउनु भएको छ।

    खोजमूलक पत्रकारिता गर्दा विभिन्न समयमा धाकधम्की, मुद्दा खेप्दै आएका पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्जनौ पुरस्कार तथा सम्मानहरु पाउनु भएको छ। उहाले लेखेका समाचारले निर्णय प्रक्रियामा धेरै प्रभाव पारेका र कतिपय गलत कामहरु सच्चिएकाले उहालाई सशक्त पत्रकारिता अवार्ड प्रदान गरिएको आयोजक संस्था न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिं परियारले जानकारी दिनुभयो।

    उहाँलाई आयोजक संस्थाका अध्यक्ष परियारसहित प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा राना, सांसद डा. चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले अवार्ड प्रदान गर्नु भएको थियो।

    सो अवसरमा ९६ बर्षका जेष्ठ पत्रकार भैरव रिसाललाई लाईफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो भने खवरहवका प्रधान सम्पादक अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड, प्राइम टाइम टिभीका अध्यक्ष तथा जनता जान्न चाहन्छन कार्यक्रमका प्रस्तोता ऋषि धमलालाई डिजिटल मिडिया पोपुलर प्रोग्राम अवार्ड, सिधा कुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरुलाई जनआवाज डिजिटल मिडिया अवार्ड, नागरिक दैनिकमा आर्थिक व्युरो प्रमुख दिलीप पौडेललाई शसक्त पत्रकारिता अवार्ड, उकालो अनलाइनकी दिपा दाहाललाई जोखिमपुर्ण पत्रकारिता अवार्ड, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई बरिष्ठ रंग पत्रकारिता अवार्ड, समय टिभीलाई डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड, चुरोकुरो अनलाइन टिभीका उमेश सुवेदीलाई डिजिटल मिडिया इथिकल अवार्ड, योहो टिभीका सन्तोष विके थापालाई डिजिटल मिडिया स्कृप्ट अवार्ड प्रदान गरिएको थियो।

    कार्यक्रममा डिजिटल मिडियामा राम्रा काम गर्ने कुल २५ सञ्चारकर्मी र केही समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।


    बुधवार, चैत्र २८ २०८००२:१७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij