Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पत्रकार धमलालाई डिजिटल मिडियामा पोपुलर प्रोग्राम अवार्ड

पत्रकार धमलालाई डिजिटल मिडियामा पोपुलर प्रोग्राम अवार्ड

  • बुधवार, चैत्र २८ २०८०

  • 565
    SHARES

  • पत्रकार धमलालाई डिजिटल मिडियामा पोपुलर प्रोग्राम अवार्ड

    काठमाडौं । प्राइम टाइम टिभीका अध्यक्ष तथा जनता जान्न चाहन्छन कार्यक्रमका प्रस्तोता ऋषि धमलालाई डिजिटल मिडिया पोपुलर प्रोग्राम अवार्ड प्रदान गरिएको छ ।

    डिजिटल माध्यममा उहाँको कार्यक्रम सर्वाधिक लोकप्रिय भएकाले उहाँलाई सम्मान गरिएको आयोजक संस्था न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिं परियारले जानकारी दिनुभयो ।

    उहाँलाई आयोजक संस्थाका अध्यक्ष परियारसहित प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा राना, सांसद डा. चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले अवार्ड प्रदान गर्नु भएको थियो ।

    सो अवसरमा ९६ बर्षका जेष्ठ पत्रकार भैरव रिसाललाई लाईफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो भने खवरहवका प्रधान सम्पादक अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड, सिधा कुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरुलाई जनआवाज डिजिटल मिडिया अवार्ड, नागरिक दैनिकमा आर्थिक व्युरो प्रमुख दिलीप पौडेललाई शसक्त पत्रकारिता अवार्ड, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई बरिष्ठ रंग पत्रकारिता अवार्ड, समय टिभीलाई डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड, चुरोकुरो अनलाइन टिभीका उमेश सुवेदीलाई डिजिटल मिडिया इथिकल अवार्ड, योहो टिभीका सन्तोष विके थापालाई डिजिटल मिडिया स्कृप्ट अवार्ड प्रदान गरिएको थियो ।

    कार्यक्रममा डिजिटल मिडियामा राम्रा काम गर्ने कुल २५ सञ्चारकर्मी र केही समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।


    बुधवार, चैत्र २८ २०८००८:०४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij