Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सशस्त्रको गोदाममा भएको आगलागी घटना छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन

सशस्त्रको गोदाममा भएको आगलागी घटना छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन

  • मंगलवार, चैत्र २७ २०८०

  • 673
    SHARES

  • सशस्त्रको गोदाममा भएको आगलागी घटना छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को सतुंगलस्थित केन्द्रीय गोदाममा भएको आगलागी घटना छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि मन्त्रालयका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई जानकारी दिनुभयो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको संयोजकत्वमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र बरिष्ठ कम्युटर इन्जिनियर सुस्मा श्रेष्ठको समिति बनाइएको छ ।

    समितिले १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ । आगलागीको कारण, क्षतिको विवरण र आगामी दिनमा यस्तो हुन नदिन गर्नुपर्ने कामहरुको बारेमा समेत सुझासहितको प्रतिवेदन पेश गर्नुपर्ने बताइएको छ।

    सोमबार साँझ आगलागी भएको घटनामा यसअघ सशस्त्र प्रहरी बलले एआईजी वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो ।


    मंगलवार, चैत्र २७ २०८००७:१३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij