Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जनउत्तरदायी कार्यक्रम गर्दै होटेल पौवाले मनायो ८ औं वार्षिकोत्सव

जनउत्तरदायी कार्यक्रम गर्दै होटेल पौवाले मनायो ८ औं वार्षिकोत्सव

  • आइतवार, चैत्र २५ २०८०

  • 534
    SHARES

  • जनउत्तरदायी कार्यक्रम गर्दै होटेल पौवाले मनायो ८ औं वार्षिकोत्सव
    बुटवल । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटेल पौवाले आफ्नो १२ वटै शाखाबाट विविध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाएको छ । हरेक शाखाहरूमा फरक फरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको हो ।
     
    होटेल पौवाको काठमाडौं शाखाले शंखमुल स्थित गुरुकुल आश्रममा आश्रितहरूलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ भने होटेल पौवा भैरहवा र बुटवलले पौवा परिसरमै बृहत् रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा होटेलमा कार्यरत कर्मचारी तथा अन्य सदस्यहरूको सहभागीतामा ५५ युनिट रक्त संकलन गरिएको बुटवल शाखाका म्यानेजर निशान्त खरेलले जानकारी दिनुभयो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नियमित रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको खरेलले बताउनुभयो । स्थापना दिवसको अवसरमा भैरहवा शाखाले पनि वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदाता सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० जना बढीले रक्तदान गरेका छन् ।
    blood.jpg
    त्यसैगरि पौवाको तानसेन शाखाले सृजनशील अपाङ्ग स्वावलम्बन केन्द्र तानसेन पाल्पामा रहेका आश्रितहरूलाई खाना खुवाएको छ भने दाङको घोराही शाखाले ज्येष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेका ज्येष्ठ नागरिकहरूलाई खाना खुवाई खुसी साटासाट गरेको छ ।
    khanaa.jpg
    होटेल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उता पर्यटकीय राजधानी पोखरामा साहारा एकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरूलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा रहेको पौवाले स्थानीय बासीलाई निःशुल्क मधुमेह ,उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रक्त परिक्षीण तथा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरेको छ । बुटवलको केन सेन्टरसँगको सहकार्यमा भालुवाङमा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिएको पौवाको भालुवाङ शाखाका प्रबन्ध श्याम न्यौपानेले बताउनुभयो ।
     
    यस्तै पौवाको लमही शाखाले नगर सरसफाइ, गुल्मीको रेसुङ्गा शाखाले मन्दिर परिसरको सरसफाइ कार्यक्रम तथा गुल्मी अस्पतालमा बिरामीलाई फलफूल वितरण कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ ।
    3.jpg
    धनगढी पौवाले नगर तथा शिवपुरी धाम मन्दिर सरसफाइ तथा गोरुसिङ्गे शाखाले स्थानीय नगर सरसफाइ तथा कर्णाली प्रदेशको जुम्ला शाखाले चन्दननाथ नगरपालिका जुम्ला वाड नम्बर ५ मा रहेका ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण गरेर वार्षिकोत्सव मनाएको छ ।
    sivpuri.jpg
    ‘जहाँबाट आतिथ्ययताको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ होटेल व्यवसाय सुरु गरेको पौवाका नेपालका विभिन्न शरहरूमा १२ वटा शाखा सञ्चालनमा रहेका छन् भने नेपालगन्जमा ५ तारे होटेल निर्माणको काम धमाधम भइरहेको होटेल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताउनुभयो ।
     
    पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरी २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदूरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १, गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा सञ्चालनमा रहेको पौवाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार शाखा बिस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भइरहेको छ ।


    आइतवार, चैत्र २५ २०८००४:५६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij