Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुनसरीका पाँचवटा पालिकामा आजपनि कर्फ्यु जारी

सुनसरीका पाँचवटा पालिकामा आजपनि कर्फ्यु जारी

  • शनिवार, चैत्र २४ २०८०

  • 527
    SHARES

  • सुनसरीका पाँचवटा पालिकामा आजपनि कर्फ्यु जारी

    काठमाडौं । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि सुनसरीका पाँचवटा पालिकामा शनिबार पनि कर्फ्यु जारी छ ।

    दुई समूहबीचको झडपले उग्र रुप लिएपछि शुक्रबार बेलुकाबाट जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।

    कर्फ्यू हटाउनका लागि स्थानीय प्रशासनले सर्वदलीय छलफल आह्वान गरेको थियो । छलफल जारी रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताउनुभयो । उहाँका अनुसार छलफलपछि कर्फ्यूका बारेमा निर्णय हुनेछ ।

    शुक्रबार दिनभर अशान्त रहेको सुनसरीको दक्षिणी क्षेत्रको अवस्था कर्फ्युका कारण शनिबार सामान्य छ । प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।

    हरिनगर गाउँपालिका– १ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिटको कारण भने फेसबुकमा राखेको भिडियो थियो । कुटपिटपछि हिन्दु र मुसलमान समुदायबीच विवाद भएको थियो । विवादका कारण भुटाहा क्षेत्र दिनभर अशान्त भएको थियो ।

    भुटाहामा शुक्रबार भएको झडपमा परी १० जना आन्दोलनकारी र १८ जना प्रहरी पनि घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

    बिहीबार राति पनि एक युवकलाई कुटपिट गरेको भन्दै स्थानीयले देवानगन्जमा शनिबार बिहान टायर बालेर प्रदर्शन गरेका थिए ।

     


    शनिवार, चैत्र २४ २०८००१:५५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij