Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न नुवाकोट र धादिङका स्थानीयले गरे अवरोध

उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न नुवाकोट र धादिङका स्थानीयले गरे अवरोध

  • शनिवार, चैत्र २४ २०८०

  • 281
    SHARES

  • उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न नुवाकोट र धादिङका स्थानीयले गरे अवरोध

    काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

    ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ नुवाकोट–धादिङले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो ।

    उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताउनुभयो ।

    आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उहाँले जानकारी दिनुभयो ।

    फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न नदिने उहाँको भनाइ रहेको छ ।


    शनिवार, चैत्र २४ २०८००९:४६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij