Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बझाङका तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीमाथि कुटपिट, चार जना घाइते

बझाङका तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीमाथि कुटपिट, चार जना घाइते

घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार हुँदै
  • रमेश बोहरा
  • शुक्रवार, चैत्र २३ २०८०

  • 1.5K
    SHARES

  • बझाङका तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीमाथि कुटपिट, चार जना घाइते
    बझाङ । बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको छ । शुक्रबार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् ।
     
    खप्तडछान्ना गाउँपालिका– ५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षीय खप्पिस थापालाई स्थानीय बाल्केश सिंह, आनन्द सिंह लगायत ३–४ जनाको समूहले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट थापाको पेट, टाउको र हातमा चोट लागेको छ । चक्कु प्रहार गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
     
    यसैबिच जिल्लाको दुर्गाथली गाउँपालिका– १ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबिच झडप भएको छ । परीक्षा दिएर घर फर्किरहेका छविसपाथिभेरा गाउँपालिका– १ का १८ वर्षीय अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका– २ का १८ वर्षीय विमल बोगटीमाथि कुटपिट भएको हो । भण्डारी र बोगटीलाई कुटपिट गर्ने दुर्गाथली गाउँपालिका– १ का २७ वर्षीय प्रकाश खाती लगायत युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीले बताउनुभयो ।
     
    यता मष्टा गाउँपालिका– ६ भातेखोलास्थीत कुलमष्टजन माविको परीक्षा केन्द्रमा पनि एक परीक्षार्थी माथि कुटपिट भएको छ । परीक्षा दिएर बाहिर निस्किने क्रममा १७ वर्षीय मुन्न बोहरालाई मष्टा गाउँपालिका– ५ का बादल र विमल बुढा लगायत ५–६ जनाको समूहले कुटपिट गरेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । कुटपिटमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कुटपिटको कारण भने खुलेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, चैत्र २३ २०८००८:२०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij