Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु

सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु

  • शुक्रवार, चैत्र २३ २०८०

  • 1.1K
    SHARES

  • सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु
    काठमाडौं । सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । आज मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । 
     
    शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न हरिनगर, देवानगञ्ज, कोशी, भेक्राह नरसिंह र सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको कामु प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जानकारी दिनुभयो ।
     
    कर्फ्युका क्रममा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवत जावत गर्न, भेला हुन र सामूहिक रुपमा गरिने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको छ । यदि आदेश उल्लंघन गरेको पाइएमा कानून बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।
     
    हरिनगर क्षेत्रमा कर्फ्यु लगाइए पनि स्थानीयले प्रदर्शन नरोकेपछि बिहानैबाट स्थिति तनावग्रस्त बनेको थियो । त्यहाँको अवस्था अझै पनि सामान्य बन्न सकेको छैन । हरिनगरको मुख्य बजार भुटाह बिहानैबाट तनावग्रस्त बनेको छ ।
     
    आज मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।
     
    सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हिजो एसईई परीक्षाको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायका बीचमा तनाव बढेको हो । हिजो साँझ स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुवै समूहका बीचमा झडप भएको थियो ।
    karfyu-notic-0542024124443-1000x0.jpg
     


    शुक्रवार, चैत्र २३ २०८००४:४७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij