काठमाडौं । जाडोयाम सकिएर विस्तारै गर्मीयाम सुरु हुँदै छ । तर आज देशका केही भूभागमा वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहान देशभर आंशिक बदली छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदली रहनुका साथै मौसम मुख्यतया सफा रहनेछ।