Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

  • बुधवार, चैत्र २१ २०८०

  • 778
    SHARES

  • निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

    काठमाडौं । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो ।

    वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमती परिवर्तित नाम २६ परिसरको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौं र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

    उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नी सर्वोच्च अदालत गएकी थिइन् । गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनले अनसनसमेत बस्ने गरेकी थिइन् ।

    बुधबार बहस चलिरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष समेत समेत गरेकी थिइन् । त्यसपछि सर्वोच्च अदालतले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।


    बुधवार, चैत्र २१ २०८००४:५६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij