Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

  • सोमवार, चैत्र १९ २०८०

  • 541
    SHARES

  • सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

    काठमाडौं। सुदूरपश्चिम प्रदेशमा आज ‘खखडेहरा पर्व’ का अवसरमा सार्वजनिक बिदा दिइएको छ। राना थारू समुदायले मनाउने परम्परागत ‘खखडेहरा पर्व’ को अवसर पारेर प्रदेश सरकारले आज एक दिन सार्वजनिक बिदा दिएको हो।

    कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गर्छन्।

    खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु भेला भएर खखडेहरा फुटाउँछन्। खखडेहरन फुटाउ गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा र सात प्रकारको अन्न, सुकेको गोवरको आवश्यकता पर्छ ।

    समुदायका नागरिकहरुको रोगब्याधी नलागोस् भनेर गाउँबाहिर परम्परागत शैलीमा पूजासमेत गर्ने चलन छ। राना थारू समुदायले एक महिनासम्म होली मनाउने गर्छन् । फागू पूर्णिमादेखि पम्परागत शैलीमा एक महिना राति होली खोलिन्छ।

     


    सोमवार, चैत्र १९ २०८००७:०१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij