Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा

आजको मौसम : यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा

  • सोमवार, चैत्र १९ २०८०

  • 1.8K
    SHARES

  • आजको मौसम : यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा

    काठमाडौं। आज पहाडी भू–भागका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार आज उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

    हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

    गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    भोलि मंगलबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     


    सोमवार, चैत्र १९ २०८००६:२७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij