Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रिपोर्टर्स क्लब नेपालका कोषाध्यक्ष कार्की वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डबाट सम्मानित

रिपोर्टर्स क्लब नेपालका कोषाध्यक्ष कार्की वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डबाट सम्मानित

  • आइतवार, चैत्र १८ २०८०

  • 570
    SHARES

  • रिपोर्टर्स क्लब नेपालका कोषाध्यक्ष कार्की वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डबाट सम्मानित

    काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २६औं वार्षिकोत्सवको अवसरमा कोषाध्यक्ष ईश्वर कार्कीलाई विशेष पुरस्कारद्वारा सम्मान गरेको छ ।

    क्लबको गरिमा, ख्याती र प्रतिष्ठा बृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको र महत्वपूर्ण योगदान पु¥याएको भन्दै क्लबले एक लाख रुपैया रासीसहित विशेष पुरस्कारसहित सम्मान गरेको हो ।

    शनिवार काठमाडौको होटल एभरेष्टमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताम्रपत्र र नगदसहित उनलाई सम्मान गरेका हुन् । एक दशकदेखि क्लबको सञ्चालन र ब्यवस्थापनमा सक्रिय रहँदै आएका कोषाध्यक्ष कार्कीले क्लबसँगै रिपोर्टर्स नेपाल डटकम न्यूजपोर्टलको सफल व्यवस्थापन गर्दै आएका छन् ।

    पुरस्कृत कार्की क्लबको गतिविधि र पत्रकारितासँगसँगै नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लब, ब्लड डोनरर्स एसोसिएशन लगायतका विभिन्न सामाजिक संस्थाहरुमार्फत समाजसेवाको क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् । त्यसैगरी उनको नेतृत्वमा सञ्चालित एप हिमालय मार्फत उनी सूचना प्रविधि व्यवसायमा समेत सक्रिय रहँदै आएका छन् ।

    रिपोर्टर्स क्लब नेपालको २६ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानन्यायधीश हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरु, सांसदहरु, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक अगुवासहित विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

     


    आइतवार, चैत्र १८ २०८००५:०७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij