Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपाल पत्रकार महासंघले आज ६९औँ स्थापना दिवस मनाउँदै

नेपाल पत्रकार महासंघले आज ६९औँ स्थापना दिवस मनाउँदै

  • शुक्रवार, चैत्र १६ २०८०

  • 439
    SHARES

  • नेपाल पत्रकार महासंघले आज ६९औँ स्थापना दिवस मनाउँदै

    काठमाडौं । नेपाल पत्रकार महासंघले आज ६९ औँ स्थापना दिवस मनाउँदैछ । महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन् ।

    दिवसका अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले अहिले सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको बताउनुभएको छ ।

    २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो । संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।


    शुक्रवार, चैत्र १६ २०८००७:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij