Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

  • बिहिवार, चैत्र १५ २०८०

  • 3.3K
    SHARES

  • कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला
    काठमाडौं । चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन् ।
     
    गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव बिहीबार टिकापुर–२ संकटी घाटमा भेटिएको कैलालीका एसपी पदम विष्टले बताउनुभयो । शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको एसपी विष्टले जानकारी दिनुभयो। 
     
    घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो । 
     
    पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।
     
    उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । 


    बिहिवार, चैत्र १५ २०८००५:२९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij