Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

केहि स्थानमा आज वर्षाको सम्भावना

केहि स्थानमा आज वर्षाको सम्भावना

  • बिहिवार, चैत्र १५ २०८०

  • 446
    SHARES

  • केहि स्थानमा आज वर्षाको सम्भावना

    काठमाडौं । देशका अधिकांश स्थानमा केहि दिन यता लगातार पानी परिरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ।


    बिहिवार, चैत्र १५ २०८००७:२९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij