Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

महरा भाग्न खोजेपछि पक्राउ गरेको हौँ : आईजीपी कुँवर

महरा भाग्न खोजेपछि पक्राउ गरेको हौँ : आईजीपी कुँवर

  • बुधवार, चैत्र १४ २०८०

  • 914
    SHARES

  • महरा भाग्न खोजेपछि पक्राउ गरेको हौँ : आईजीपी कुँवर

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिनुभएको छ ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा आईजीपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताउनुभयो ।

    महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरुको प्रश्नतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘म त्यो शब्द त प्रयोग गर्दिन, तर उहाँले सहयोग नगर्ने हो कि भन्ने आभास भयो ।’

    नेता महरा निजी सुरक्षाकर्मी र गाडी छाडेर हिँडेपछि प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । ‘यो सुरुदेखि नै अनुसन्धानमा आएको विषय थियो, आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा संवेदनशील बन्यौं, कानूनी दायरामा ल्यााउनुपर्छ भन्ने हिसाबमा गयौं’, उहाँले भन्नुभयो, ‘त्यसक्रममा गाडी छाडेर हिँड्नुभएपछि ल्याएका हौं ।’

    प्रहरीले महरालाई ५ चैतमा कपिलवस्तुको सीमा क्षेत्र नजिक पकडीबाट पक्राउ गरेको थियो । त्यसबेला महरा रोल्पास्थित घर जाने भन्दै काठमाडौंबाट हिँडेका थिए ।

     


    बुधवार, चैत्र १४ २०८००२:१८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij