Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पुँजी वजारसम्बन्धी अन्तरक्रिया तथा राष्ट्रव्यापि निवन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

पुँजी वजारसम्बन्धी अन्तरक्रिया तथा राष्ट्रव्यापि निवन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

  • मंगलवार, चैत्र १३ २०८०

  • 996
    SHARES

  • पुँजी वजारसम्बन्धी अन्तरक्रिया तथा राष्ट्रव्यापि निवन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

    काठमाडौं। नेपालको पुँजी वजार सम्बन्धी अन्तरकृया तथा राष्ट्रव्यापि निवन्ध लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ। कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नं ७४)को आयोजना तथा किङ्गस कलेज, ववरमहलको सहयोगमा ग्लोवल मनि विकको सन्दर्भ पारेर नेपालको पुंजी बजार सम्बन्धी अन्तरकृया कार्यक्रम तथा राष्ट्रव्यापि निवन्ध लेखन प्रतियोगिताका विजयी उम्मेदवारहरुलाई आज पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो।

    कम्पनीका अध्यक्ष श्री प्रदिप के.सी.को अध्यक्षतामा सम्पन्न सो अन्तरकृया कार्यक्रममा नेपालको पुंजी वजार क्षेत्रका विज्ञ श्री मुक्ती अर्यालले ‘नेपालको पुंजी बजार ‘शिर्षकमा प्रस्तुती गर्दै नेपाली पुंजी वजार क्षेत्रका विविध सैद्धान्तिक तथा व्यवहारिक पक्षमा प्रकाश पार्नुका साथै उठेका जिज्ञासाहरु स्पष्ट गर्नु भएको थियो ।

    कार्यक्रममा किङ्गस कलेज, ववरमहलका प्रध्यापक तथा व्यवस्थापन संकाय स्नातकतहका विद्यार्थी एवं पुंजी वजारमा रुची राख्ने जिज्ञासु व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो। सो कार्यक्रममा कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) द्धारा आयोजित राष्ट्रव्यापी निवन्ध लेखन प्रतियोगिताका विजयी निवन्धकारलाई समेत पुरस्कार वितरण समेत गरिएको थियो ।

    पुरस्कार प्राप्त गर्नेमा बाराकी श्री शालु कुमारी गुप्ताले नगद रु १०,००० सहित प्रथम पुरस्कार प्राप्त गरेकी छन् त्यसै गरी काठमाण्डौंका समिप न्यौपाने रु ५,००० नगद सहित दोश्रो र धादिङ्गकी श्री अर्चना लामिछाने रु ३००० नगद सहित तृतिय पुरस्कार जित्न सफल भएकी छन्। पुरस्कृत व्यक्तिहरुलाई कलश स्टक मार्केट प्रा.लि.का अध्यक्ष श्री प्रदिप के.सी ले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

    उक्त कार्यक्रमको उद्धेश्य माथि पकाश पार्दै कम्पनीका संचालक श्री डिल्लीराम वांस्तोलाले सहभागि तथा पुरस्कृत व्यक्तिहरुलाई स्वागत तथा वधाई अर्पण गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस प्रकारका कार्यक्रमहरु संचालन गरिदै आएको र यस वाट धितोपत्र बजारको क्षेत्रमा रुचि राख्ने व्यक्ति, समुदाय तथा लगानीकर्ताहरुमा शेयर शिक्षाको सम्बन्धमा सचेतना अभिवृद्ध हुने सघाउ पुग्ने कम्पनीले विश्वास रहेको वताउनु भयो ।

    International organization of Securities Commissions (ISOCO) ले २ देखि ८ सेप्टेम्वर 2023 लाई World investers week घोषणा गरेको र उक्त अवसरमा सचेतनामुलक कार्यक्रमहरु आयोजना गरि मनाउने निर्देशन नियामक निकायवाट समेत भएकोे सन्दर्भमा विश्व लगानीकर्ता सप्ताह तथा कलश स्टक मार्केटको प्रथम वार्षिकोत्सवको अवसरमा कलश स्टक मार्केट प्रा.लि. ले सार्वजनिक सूचना प्रकाशित गरि राष्ट्रव्यापी निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो ।

    चनाखो लगानीकर्ताले शेयर मार्केटमा लगानी गर्दा ध्यान दिनु पर्ने विषयहरु ''The elements to be considered  by a smart invester  prior to investing in share market " शिर्षकमा आयोजित उक्त निवन्ध लेखन प्रतियोगितामा देशका विभिन्न भागवाट म्याद भित्र करिव दुई दर्जन निबन्धहरु प्राप्त भएका थिए ।

    यस प्रकारको निवन्ध लेखन प्रतियोगितावाट शेयर बजार जोखिम रहित नहुने हुंदा लगानीकर्ताले लगानी गर्नु पुर्व बजारमा आएका हल्लाका पछि नलागी यसका विभिन्न पक्षमा गहन अध्ययन, विश्लेषण तथा परामर्श गरी लगानी गर्न सके जोखिम कम हुने र लगानीको प्रतिफल अभिवृद्धिमा सघाउ पुग्ने भनाई कम्पनीका प्रवन्ध निर्देशक तथा कार्यक्रम संचालक श्री शालिकराम अधिकारी बताउनु हुन्छ ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कलश स्टक मार्केट प्रा.ली.ले यस अघि पनि नेपाल कमर्श क्याम्पसमा एक कार्यक्रम आयोजना गरि विज्ञको उपस्थितिमा शेयर सचेतना सम्बन्धी अन्र्तकृया कार्यक्रम आयोजना गर्दै आएको छ ।नेपालको धितोपत्र बजारको क्षेत्रमा देखा परेका अनेक चुनौतीसंग जुद्धै कलश स्टक मार्केट अर्थात व्रोकर नं ७४ लाई पुंजी बजार क्षेत्रको एक अग्रणी संस्थाकोरुपमा अगाडि वढाउन हर संभव लागि परेको सो कम्पनीका अध्यक्ष श्री प्रदिप के.सी. बताउनु हुन्छ ।


    मंगलवार, चैत्र १३ २०८००५:२६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij