Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • मंगलवार, चैत्र १३ २०८०

  • 689
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । पछिल्लो केहिदिन यता देशभरको मौसममा बदली भएको छ । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही, मधेश प्रदेशका थोरै स्थानमा र बागमती प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

    कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

     


    मंगलवार, चैत्र १३ २०८००६:४३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij